प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते

२०८१ जेठ १८, शुक्रबार २०:२२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० टिसिएन रोडमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा–१० न्यूरेनी बस्ने ३० बर्षीय दिपेश भोलन रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गएराति राममन्दिर नजिकै बसपार्कबाट सोलीडाईरिटी तर्फ जादै गरेको ना ५४ प २७२५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना १५ प ९४८१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा भोलन गम्भीर घाइते भएका हुन् ।

उनको देब्रे आँखाको माथिल्लो भाग, नाक, माथिल्लो भागको दाँत ३ वटा झरेको र टाउकोमा चोट लागेको थियो । उनको हेटौंडा अस्पतालमा उपचार संभव भनएपछि पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्क विहीन छन् ।