प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

२०८० फाल्गुन १६, बुधबार १८:२७ बजे

हेटौंडा – मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम बुधबार सम्पन्न भएको छ ।

शुक्रबारदेखि सुरु तालिमको समापन गर्दै मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले तालिमबाट सिकेका सीपलाई ब्यबहारमा लागूगर्न सहभागीहरुलाई आग्रह गरे ।

आधारभूत सहकारी लेखापालन तालिम उपलब्धीमूलक भएको र तालिमले सहकारी संस्थाको हिसाव राख्ने थप ज्ञान प्राप्त भएको सहभागीहरुले बताए ।

तालिम समापन कार्यक्रममा संघकी उपाध्यक्ष मेनुका घिमिरे दाहाल, सहसचिव भोगेन्द्र लुईटेल, सञ्चालक हरिप्रसाद पौडेल, सिताराम दाहाल, ब्यवस्थापक गोबिन्द दाहालको उपस्थिति रहेको थियो ।

तालिममा मकवानपुर जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका लेखा समिति पदाधिकारी, ब्यवस्थापक, लेखापाल, सहायक कर्मचारीहरुसमेत ३० जनाको सहभागिता रहेको थियो ।