हेटौंडा – चौपाय (गाई) संग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कपिलबस्तुको बुद्धभुमी नगरपालिका २ पानीधारामा मंगलबार चौपायासंग लु २९ प ४०४२ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक अर्घाखाँचीको शितगंगा नगरपालिका १३ बाहुनखर्कका २६ बर्षीय पुष्कर भट्राइको मृत्यु भएको हो ।
मंगलबार बेलुका सवा ७ बजे पूर्व पश्चिम राजमार्गमा उक्त मोटरसाइकलले गाईलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्कलको ४ नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडी सवार उनकै ४८ बर्षीया भाउजू राधा भट्राइ घाईते भएकी छन् । उनको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।