हेटौंडा – बागमती प्रदेश सरकारले भोली फागुन १ गते सोमवार सार्वजनिक विदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ ।
