हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ सिमलटारस्थित राप्ति खोलामा शनिबार दिउँसो एक पुरुष मृत अवस्थामा फेला परका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार हेटौंडा–११ थानाभर्याङ बस्ने ४५ बर्षीय कुमार भारती मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयहरुले राप्ति खोलाको पानीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्याङको टोली घटनास्थलमा पुगको थियो ।
उक्त टोलीले घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शवलाई हेटौंडा अस्पताल ल्याएको प्रवक्ता कार्कीले बताए । कानुनी प्रक्रिया पुरा गरी शव आफन्तलाई जिम्ममा लगाईने उनले बताए ।
यद्दपी घटना हुनुको कारण भने खुलेको छैन । यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।