हेटौंडा – मकवानपुरमा एक खोल्सामा मानब कंकाल फेला परेको छ । राक्सिराङ गाउँपालिका–१ झ्याङटार बुर्जाडाँडा खोल्सामा शुक्रबार मानब कंकाल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
स्थानियहरु पानीको मुहान खोज्दै जाने क्रममा मानब कंकाल देखेपछि प्रहरीलाई खवर गरेका थिए । निलो रङ्गको ज्याकेट र भेन्टा रङ्गको टिसर्ट लगाइएको पुरुषको जस्तो देखिने कंकाल फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कंकाल देखि केही फिट तल टाउको जस्तो देखिने खप्पर समेत फेला परेको छ । घटनास्थलको मुचुल्कापछि अस्थिपञ्जरलाई इलाका प्रहरी कार्यालय मनहरी तर्फ ल्याइएको प्रहरीले जनाएको छ ।
मानव कंकाल पहिचान र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।