प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

उपाधि रक्षा गर्ने पिप्ले युवा क्लबको लक्ष्य

२०७८ चैत्र ४, शुक्रबार ०९:१६ बजे

हेटौंडा – मधेश प्रदेशको प्रतिष्ठित तथा सर्वाधिक पुरस्कार राशी भएको राजर्षि जनक कप फुटबल प्रतियोगीता चैत २ गतेबाट शुरु भएको छ । साविक विजेता पिप्ले युवा क्लबको यस पटक उपाधि रक्षा गर्ने उपाधि रक्षा गर्ने योजनामा रहेको छ ।

यसअघि पिप्लेले आयोजक बागमती नगरपालिकालाई सडनडेथमा पराजित गर्दै पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगीताको उपाधि थियो । साविक विजेताको हैसियत सिधै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश पाएको पिप्लेले चैत ६ गते आइतबार एडिभिजन टोली हिमालयन शेर्पाविरुद्ध मैदान उत्रिदैछ ।

चैत २ गते भएको उद्घाटन खेलमा ध्रुवतारा स्पोर्टिङ क्लव झापालाई १–० गोलले पराजित गर्दै शेर्पाले पिप्लेसँगको भेट पक्का गरेको थियो । पिप्ले र शेर्पाबिचको बागमती नगरपालिका–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुनेछ ।

अघिल्लो वर्ष केही एडिभिजन र विदेशी खेलाडी उत्रादै पहिलो पटक उपाधि जितेको पिप्लेलाई त्यो साख जोगाउन चुनौती छ । गत बर्षको तुलनामा यस बर्षमा एडिभिजनका टोलीहरुको उपस्थिती राम्रो देखिएको छ ।

यसवर्ष अघिल्ला वर्षका केही खेलाडी र नयाँ खेलाडी पनि थपिएकाले उपाधि रक्षा गर्ने दावी छ । प्रशिक्षक सुविन घिमिरे पनि उपाधि रक्षा गर्ने नै मुख्य लक्ष्य रहेको बताउँछन् । ‘हामी साविक विजेता टोली हौँ, हाम्रो टार्गेट भनेको टाइटल डिफेन्ड नै हो ।’ उनले भने ।

प्रतियोगितामा लिग विजेता मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब,हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी पाँच एडिभिजनका टोली रहेका छन् । त्यस्तै साविक विजेता पिप्ले युवा क्लब, नव जनजागृति युवा क्लब सिमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, ध्रुवतारा स्पोटिङ क्लब झापा–११, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लब प्रतियोगितामा सहभागी टोली हुन् ।

सहभागी मध्ये आफ्नो पहिलो खेलमा हार व्यहोरर्दै झापा र नव जनजागृति प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको विजेताले राजर्षि जनक कप १० लाख १ हजार र उपविजेताले सिल्ड र ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।जारी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ।