हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.२ स्थित औडार गाउँमा जंगली च्याउ खाँदा ६ जना विरामी भएका छन् ।
बुधबार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा राक्सिराङ–२ ओडारका ३ परिवारका ६ जना सदस्य बिरामी परेको वडाअध्यक्ष बुद्धराम मुक्तानले जानकारी दिए ।
उनका अनुसार विरामी हुनेमा स्थानीय विकास चेपाङ, सन्तोष चेपाङ, सुनीमाया चेपाङ, राजकुमार प्रजा, आमेस चेपाङ रहेका छन् । एक जनाको पहिचान हुन बाँकी छ ।
बिरामीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा प्रथामिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको वडाअध्यक्ष मुक्तानले बताए ।