प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरका पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु, जसले चुनाव जित्न लागेको खर्च नै पेश गरेनन्

२०७९ भाद्र ७, मंगलबार १५:२८ बजे

हेटौंडा – मकवानपुर जिल्लामा १० पालिका रहेका छन् भने १०२ वटा वडाहरु रहेका छन् । जहाँ १०/१० पालिका प्रमुख/उपप्रमुख, १०२ वडाअध्यक्ष सहित ५३० जना जनप्रतिनिधि छन् । यी ५३० जनप्रतिनिधिमध्ये अधिकांशले गत बैशाख ३१ गते चुनाव जित्न गरेको पैसा खर्चको विवरण बुझाएका छैन ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्वाचन खर्च पेश नगर्ने मकवानपुरका एक गाउँपालिका अध्यक्ष सहित दुई जना उपाध्यक्ष, ५९ वडाअध्यक्ष र अधिकांश वडा सदस्यहरु रहेका छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार ५ वडा रहेको ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देव कृष्ण पुडासैनी, उपाध्यक्ष उमा कुमारी लामा, वडाअध्यक्षहरु सुवास थापा मगर, सुमन श्रेष्ठ, प्रताप भोञ्जन, चन्द्र कुमार बल, दुतराज तीतुङ पाँचैले निर्वाचन खर्च बुझाएका छैनन् । उनीहरु क्रमशः १,२,३,४ र ५ का वडा अध्यक्ष हुन् ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवं १ नम्बर वडाका वडाअध्यक्ष सविन न्यौपाने, ३ का ढलक बहादुर थापा, ६ का विष्णु बहादुर दाहाल, ७ का दामोदर गौतम, ८ का रामकृष्ण थापा, १३ का पेम्बा लामा, १६ का रामकृष्ण कोइराला, १७ का उद्धव सत्याल र १८ का अनिल कुमार बानियाँले निर्वाचन खर्च बुझाएका छैनन् ।

त्यस्तै बकैयाका वडा नम्बर २ का वडाअध्यक्ष भुमल सिं घलान, ४ का राजन दंगाल, ५ का लक्ष्मी जिम्बा, ६ का फुल बहादुर भोम्जन, ९ का टंकधोज लोप्चन, १० का कमला कुमारी वाईबा, ११ का गोपाल नेसुर र १२ का ज्ञानेन्द्र बजागाई गरेका छन् । उता कैलाश गाउँपालिका वडा नं.१ का तेज बहादुर ब्लोन, २ का राजेन्द्र तामाङ घिसिङ, ४ का छेकु लामा, ६ का राम बहादुर गोम्बा, ७ का उदास कुमार भोलन, ८ का आशिष प्रजा, ९ का भुवन सिं घलान र १० का सुर्य बहादुर ब्लोन रहेका छन् ।

त्यस्तै राक्सिराङका वडा नं.१ का बाबीराम मुक्तान, २ का बुद्धराम मोक्तान, ३ का उक्तम वाईबा, ४ का संजय कोइराला, ५ का हरि बहादुर प्रजा, ७ का राम बहादुर प्रजा र ९का रामकुमार वाल्वा थिङ रहेका छन् । मनहरी गाउँपालिका वडा नं.१ का शिव प्रसाद खनाल, ६ का युवराज थपलिया, ७ का ठाकुराम तितुङ, ८ का नारायण उप्रेती र ९ का राजकुमार श्रेष्ठ रहेका आयोगले जनाएको छ ।

त्यस्तै मकवानपुरगढी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष बखान सिंह पाख्रिन, ३ का भागवत घिमिरे, ४ का अर्जुन प्रसाद तिमल्सिना, ५ का दिपेश दहाल, ७ सुर्य बहादुर रुम्बा रहेका छन् । उता बागमती गाउँपालिका उपाध्यक्ष फडिन्द््र तिमल्सिना, ६ नम्बर वडाअध्यक्ष टेक बहादुर डिम्डुङ, ७ का उत्तर बहादुर ब्लोन, ८ का इन्द्रमणि तिमल्सिना र ९ का पुनराम घलान रहेका छन् ।

त्यसैगरी थाहा नगरपालिका वडा नं.५ का बिष्णु बहादुर गुरुङ, ८ का हेम कुमार थिङ र १० का हिरा बहादुर गमाल रहेका छन् । अन्तमा भिमफेदी गाउँपालिका वडा नं.६ का सोम बहादुर घलान र ७ का मित्र बन्धु सिजालीले निर्वाचन खर्च पेश नगरेको भन्दै आयोजले नामावलि सार्वजनिक गरेको छ ।

निर्वाचन खर्च आयोगले तोकेको समयमा नबुझाएपछि उम्मेद्वारलहरुलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न सुचना जारी गरेको थियो । तर, स्पष्टीकरणको अन्तिम दिनसम्म आउनुपर्ने जति आएको छैन । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार मंगलबार स्पष्टीकरण पेश गर्ने भिड लागेपनि साँझ ५ बजेसम्म १३३ वटा मात्रै दर्ता भएको छ । दर्ता गर्न बाँकी रहेकोले केही बढ्न सक्ने कार्यालयको अनुमान छ । 

निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ । तर, कानुनी व्यवस्थाको बेवास्ता गर्दै मकवानपुरका १ हजार ५८५ जना उम्मेद्वारले निर्वाचन खर्च बिवरण पेश गरेका छैनन् । जिल्लाको १० स्थानिय तहमा ५३० पदको लागि १ हजार ९३१ जनाले उम्मेदवारी दिएका थिए । जसमा ३४६ जनाले मात्रै कानून बमोजिम निर्वाचन खर्चको विवरण पेश गरेका छन् ।

निर्वाचन खर्च पेश नगर्नेहरुको पुरा विवरण हेर्न यहाँ क्लीक गर्नुहोला ।