प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा फेरि सुमो दुर्घटना

२०८० फाल्गुन २५, शुक्रबार ०९:१६ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.१२ खोरभन्ज्याङमा बिहीबार सुमो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा बकैया–४ जुरेली बस्ने बर्ष–८० कि छवि कुमारी कार्की र बकैया–५ बस्ने बर्ष–२७ कि सरु माझी रहेका छन् ।

हात्तिसुढेबाट काठमाडौ तर्फ जादै गरेको ना १ ज १७६७ नम्बरको सुमो ओरालोमा अचानक अनियन्त्रित भएर दुर्घटना हुँदा सुमोमा सवार चालक सहित ८ जना मध्ये कार्की र माझी घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र ठिंगनमा सामान्य उपचार पश्चात उनीहरुलाई थप उपचारको लागि बिहीबार दिउँसो नै काठमाडौतर्फ पठाएको थियो । अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । सुमो चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसअघि बुधबार साँभल कान्तिलोकपथ सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ सिमातमा यात्रुबाहाक टाटा सुमो दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएको थियो । सांकेतिक तस्बीर