हेटौंडा – मकवानपुरमा डेगुंका विरामी बढेका छन् । जिल्लामा आज(बुधबार) एकैदिन १ सय २४ जना डेगुंका विरामी फेला परेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा डेगुं सङ्क्रमण हुने सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना रहेका छन् । त्यस्तै थाहा नगरपालिकाका ५, मनहरी गाउँपालिकाका ३, मकवानपुरगढी र भिमफेदी गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको घिमिरेले बताए ।
घिमिरेका अुनसार जिल्लामा हालसम्म १ हजार ३ सय ३१ जना डेगुंका बिरामी भेटिएको छन् । जसमा पुरुष ७ सय ७४ र महिला ५ सय ५७ जना रहेको उनले जानकारी दिए । जिल्लामा हालसम्म डेगुंका कारण एक जनाको ज्यान गएको छ ।
८ वटै पालिकामा डेगुं
जिल्लाको १० पालिका मध्ये ८ पालिकामा डेगुंका विरामी भेटिएका छन् । जसमा सबैभन्दा बढी हेटौंडा उपमहानगरमा रहेका छन् । स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार हेटौंडामा १ हजार २ सय ६१ जना, मकवानपुरगढीमा १८, थाहामा १७, मनहरीमा १६, भिमफेदीमा ११, बकैयामा ५, बागमतीमा २ र राक्सिराङमा १ जना संक्रमित भेटिएको हो । कैलाश र इन्द्रसरोबरमा डेगुंका एक पनि बिरामी भेटिएका छैन् ।
डेगं बिरामीले भरिए अस्पताल
डेगुं सङ्क्रमित विरामीले मकवानपुरका सबै अस्पतालका बेड भरिएका छन् । हेटौंडा अस्पताल, चुरेहिल, सहकारी, सन्चो, सिटी लगायतका अस्पतालमा डेगुंका विरामीले भरिभराउ भएको स्वास्थ्य कार्यालयका सुचना घिमिरेले बताए । गम्भीर प्रकृतीका विरामीलाई छिमेकी जिल्ला चितवन र काठमाडौंको अस्पतालमा रिफर गरिएको उनले बताए । ‘कुन अस्पतालमा कति कति छन्, बिवरण आएको छैन, हेटौंडाका निजी तथा सरकारी अस्पताल डेगुंका विरामीले भरिएका छन्,’ उनले भने ।