प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक युवकले एकैपटक १० ट्यावलेट डिप्रेशनको औषधी खाएपछि...

२०८१ कार्तिक ६, मंगलबार ०८:५७ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउापालिका वडा नं.५ सिमलटारमा एक किशोरले एकैपटक १० वटा ट्यावलेट औषधी खाँदा विरामी भएका छन् ।

बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार साँझ ८ बजेको समयमा बर्ष १७ को आयुष परियारले डिप्रेशनको औषधी एकै पटकमा १० वटा ट्यावलेट खाएर(ओभरडोज) बिरामी भएको हो ।

बिरामीको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।