प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको मूल्य बढ्यो

२०७९ कार्तिक २०, आईतबार ०६:४८ बजे

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य एक हजार चार सयले बढेको छ। सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय निर्धारण गरिएको छ।

शुक्रबार प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको सुन शनिबार प्रतितोला एक हजार चार सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ। शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० ले बढेर एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ।