हेटौंडा – खाना पकाउँदा आगोमा जलेर गुल्मीको इश्मामा एक जना घाइते भएका छन् । घाइते हुनेमा इश्मा गाउँपालिका– ५ का ३० वर्षीय गुन्जमान विक रहेका छन् ।
प्रहरीका अनुसार मगङ्लबार राति खाना पकाउँदै गर्दा एक्कासी चक्कर लागेर आगोमा परी घाइते भएका हुन् । घाइते विकको घाँटी र अनुहारमा जलेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।