मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरबाट लागूऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राक्सिराङ गाउँपालिका–१ मुङरीकोट बस्ने ३४ वर्षीय कुमार घ्यावा, ४० वर्षीय किताब सिं गोले र ३२ वर्षीय बिक्रम कुमार गोलेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पुर्ब–पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउदै गरेको ना १ ज १६५६ नम्बरको यात्रुबाहक माईक्रो बसलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनीहरूलाई करिब १६ केजी अवैध लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्बिर