हेटौंडा – हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा गणेश प्रसाद भेटुवाल नियुक्त भएका छन्। उद्योग अध्यक्षको रिक्त पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट नियुक्ति गरिएको हो।
अध्यक्ष पदका लागि भेटुवालसहित ८ जनाको आवेदन परेको थियो। मन्त्रालयको सिफारिस समितिले उनीहरुसँग गत शुक्रबार अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्तापछि आवेदकमध्ये अध्यक्षमा नियुक्तिका लागि मकवानपुरका भेटुवालको नाम सिफारिस गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयले गत आर्थिक वर्ष गत असार २७ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो।