हेटौंडा – मस्याङदी नदिमा २ ओटा शव फेला पारेको छ । नदिको खोचमा प्रहरीले कारको माथील्लो भाग देखेको आधारमा गोताखोरको सहयोगमा खोजी गर्ने क्रममा २ ओटा शव फेला पारेको हो। मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका ४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्याङदी नदीमा खसेको थियो । भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो।
पहिलो कारण मुग्लिङ–पोखरा सवारी आवागमन आज बिहान ५ बजे देखि अबरुद्ध भएको छ । सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ ।
अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।