प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरुवा बन्दुकसहित मकवानपुरका थिङ पक्राउ

२०८० जेठ १, सोमबार ०२:५९ बजे

हेटौंडा – मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । थाहा नगरपालिका–१२ का ५५ वर्षीय बुद्धेराम थिङलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

आइतबार बिहान ११ बजेर ३० मिनेटको समयमा थिङले आफ्नै घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी सहायक निरीक्षक गंगा अधिकारीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।

प्रहरी टोलीले थिङको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुकसहित थिङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।