हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिकामा भिरबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कैलाश गाउँपालिका वडा नं.५ बस्ने ७३ वर्षीय बिष्णु बहादुर ढुङ्गना रहेका छन् ।
ढुङ्गना घर नजिकैको जङ्गलमा बाख्रा चराउन जाने क्रममा लडेर गम्भीर घाइते गम्भीरभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए । उनको काठमाडौंस्थित बिर अस्पताल (ट्रमा सेन्टर) मा उपचार भइरहेको कार्कीले बताए ।
सांकेतिक तस्बिर