प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

बस नदीमा खस्दा १८ महिने बालक बेपत्ता

२०७९ जेठ ७, शनिबार १२:०२ बजे

हेटौंडा – डोटीको शिखर नगरपालिका १ गेरुपानीमा आज बिहान बस सडकबाट सेती नदीको किनारमा खस्दा १८ महिने बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् ।

बेपत्ता भएका अछामको चौरपाटी गाउँपालिका ६ का सुरेन्द्र शाहीका १८ महिनाका छोरा सुजनको खोजी भइरहेको छ । घाइते भएका सबैलाई उपचारका लागि शैलेश्वरी अस्पताल पठाइएको छ । घाइते मध्ये बसधनी अछामको साँफेबगर नगरपालिका २ का ५६ वर्षीय डबल शाहीको अवस्था गम्भीर रहेको छ ।

धनगढीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरको बस आज बिहान सवा ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ७० मिटर तल सेती नदीको किनारमा खसेको हो । बस चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।