प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा दशैंको अवधिमा दुर्घटनामा परी ३ जनाको मृत्यु, ७० जना घाइते, ७२० वटा सवारीलाई कारबाही

२०८० कार्तिक १२, आईतबार १५:०४ बजे

हेटौंडा – मकवानपुरमा दशैंको एक हप्ताको अवधिमा १४ वटा सवारी साधन दुर्घटना भएका छन् । जिल्लाको विभिन्न १२ स्थानमा भएको दुर्घटनामा १४ वटा सवारी साधन परेको हो ।

उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको भएका छन् भने ७० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार स्कुटर स्कुटर, मोटरसाइकल र क्रेन दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्री, वीरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने क्रेनका सहचालक १८ बर्षीय बिपिन महत्तो र बागमती गाउँपालिका वडा नं.६ ठाडीखोला बस्ने २२ बर्षीय सन्तोष दर्लामी रहेका छन् ।

गत बर्षको दशैंको अवधिमा ६ स्थानमा ९ वटा सवारी साधन दुर्घटना भएको थियो । जसमा तीन जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए ।

त्यस्तै यस बर्षको दशैंमा बढी भाडा लिएको १० वटा सवारी साधनलाई कारबाही गरिएको भण्डारीले बताए । ६६ जनाको यात्रुको बढी भाडा २३ हजार २२५ रुपैयाँ रकम फिर्ता गरिएको उनले बताए । 

माधक पदार्थका सेवन गरी १८ वटा, सिट क्षमताभन्दा बढी यात्रु राख्ने १७१ वटा, टिकट जारी नगर्ने ५८ वटा, अन्य ४६३ वटा गरी कुल ७२० वटा सवारी साधनलाई कारबाही गरिएको उनले बताए । 

 मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान घाइते

हेटौंडाको चुरियामाई मन्दिर नजिकै क्रेन दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते