प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा विहेमा गएका थिङ र लामामाथि कुटपिट

२०८० फाल्गुन १७, बिहीबार १०:०३ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ रुपाचुरीमा बुधबार विवाहमा गएका दुई युवकमाथि कुटपिट भएको छ । स्थानीय सरोज प्रजाको घरमा विवाहमा गएका मनहरी गाउँपालिका–७ रमनटार वस्ने वर्ष २९ को उज्वल थिङ र राक्सिराङ गाउँपालिका–५ चुरेडाँडा वस्ने वर्ष ३० को रोनिस लामालाई कुटपिट गरि घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय वर्ष २९ को इमान घलान, वर्ष २३ को मनिक घलान लगायत अन्य ५/६ जना युवाहरुको समुहले एक्कासी कुटपिट गरि थिङ र लामालाई घाइते बनाएका हुन् । गम्भीर घाइते थिङलाई मनहरी अस्पतालमा पठाएकोमा थप उपचारको लागि सोही दिन दिउँसा पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको प्रहरीले जनाएको छ ।

थिङको शरिरमा भित्रि चोट रहेको र लामाको मुखमा चोट रहेको बताईएको छ । कुटपिटमा संलग्न अन्य
ब्यक्तिहरु खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।