प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भीमफेदीको पहिरो पन्छाइयो, इन्द्रसरोवरमा खस्यो

२०७९ आश्विन २२, शनिबार १३:२१ बजे

हेटौंडा – पहिरो कारण अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । शनिबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका बाह्रघुम्तीमा खसेको पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सञ्चालनमा हो । सडक सञ्चालन भएपछि बाटोमै अलपत्र परेका दर्जनौ सवारीका साधनहरु गन्तब्यतर्फ लागेका छन् ।

त्यस्तै हेटौंडा–भिमफेदी–सिस्नेरी–काठमाडौं सडक अन्तर्गत ईन्द्रसरोवर गाउँपालिकामा पहिरो खसेर सडक अवरुद्ध भएको छ। कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर–३ रामचन्द्र भज्याङमा हिलो माटो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।