हेटौंडा – श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले श्रीमान्लाई २२ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको सोमबारको इजलासले मकवानपुरगढी–२ खोलाखेतका देवराज गोलेलाई पत्नि श्रीमाया गोलेको हत्या गरेको ठहर गर्दै उक्त कैद सजायको फैसला गरेको हो ।
४६ वर्षीया पत्निलाई मादक पदार्थ सेवन गरेर देवराजले २०७७ माघ ४ गते राति घरमै हत्या गरेका थिए ।
कुटपिटबाट पत्निको मृत्यु भएपछि भर्याङबाट लडेर मृत्यु भएको भनेर छिमेकीहरुलाई गोलेले ढाँटेका थिए । प्रहरीको अनुसन्धानबाट गोलेले नै हत्या गरेको ठहर गरेको थियो । गोले अहिले भीमफेदी कारागारमा छन् ।