प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खतिवडाको विषयमा तीन दलको संयुक्त विज्ञप्ति, लडेर घाइते व्यक्ति प्रहरीको जिम्मा

२०७९ कार्तिक २२, मंगलबार १५:०८ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार बिरोध खतिवडामाथि कुटपिट भएको जनाएपनि बाम लोकतान्त्रिक गठबन्धनले कुटपिट नभएको जनाएको छ । गठबन्धनका तीन दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार खतिवडामाथि कुटपिट नभएको जनाएको हो ।

गठबन्धनमा आवद्ध नेपाली कांग्रेस मनहरी गाउँ समिति सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्र मनहरीका सचिव सञ्जीव पाठक र नेकपा एकीकृत समाजवादी मनहरी गाउँ कमिटिका अध्यक्ष नारायण श्रेष्ठद्वारा जारी संयुक्त विज्ञप्तीमा खतिवडा पुगेका बेला मदिरा सेवन गरेका ब्यक्ति लडेको विषयलाई कुटपिट भनेर प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पुरुषोतम खड्का  माओवादी केन्द्रमा आवद्ध नहरेको बिज्ञप्तिमा भनिएको छ,‘ खड्का मदिरा सेवन लडेर घाइते हुनुभएको हो ।’ घाइते भएको ब्यक्तिलाई उद्धार गरी प्रहरीको जिम्मा लगाएर विज्ञप्तिबाटै खड्काको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले खतिवडामाथि हातपात गर्ने खड्का प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएका थिए ।

खतिवडाको आगमन लगतै ‘एक स्थानिय’ अत्यधिक मदिरा सेवन गरेर लड्ने खड्का मनहरी गाउँपालिकाको ‘स्थानी बासिन्दा नरहेको’ विज्ञप्तिमार्फत थप जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ,‘भ्रमपुर्ण समाचार सम्प्रेषण नगरिदिनु हुन अपिल पनि गर्दछौँ ।’

त्यस्तै गठबन्धनमा आवद्ध दल माओवादी केन्द्र मकवानपुरले पनि विज्ञप्ति जारी गर्दै समाचारप्रति खेद प्रकट गरेको छ ।