प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा श्रीमान र गर्भवती श्रीमती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दियो

२०८० कार्तिक १८, शनिबार १९:१६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नंं.१७ हटिया चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमानश्रीमती घाइते भएका छन् ।

हटिया चोकबाट शिवम सिमेन्ट फ्याक्ट्रीतर्फ जादै गरेको बा.प्र.०३–००२ प.०७२७ नम्बरको मोटरसाइकललाई बिपरीत दिशा तर्फबाट आउँदै गरेको ना.४ ख.८४७३ नम्बरको ट्रकले शुक्रबार ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक हेटौंडा–१७ बस्ने २९ को टेलराम तामाङ र उनको ८ महिनाको गर्भवती श्रीमती बर्ष २२ की अबिना तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

टेलराम उपचार पश्चात डिस्चार्ज भएको र उनकी श्रीमती अविनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।