प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कको एक गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालक श्रेष्ठ र ७ जना युवती पक्राउ

२०८० श्रावण १, सोमबार ११:४५ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा–१० बसपार्क टिसिएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल संचालक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेष्ट हाउस संचालक हेटौंडा–२ बस्ने ४१ बर्षीय बिक्रम श्रेष्ठ र ७ जना युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

गेष्ट हाउसबाट पक्राउ पर्ने युवतीहरु हेटौंडा उपमहानगरपालिका–१ चाईना क्वाटर बस्ने २६ बर्षीय प्रमिला लामा, हेटौंडा–११ थानाभ¥र्याङ बस्ने २२ बर्षीय पुजा लामा, भिमफेदी गाउँपालिका २ बस्ने २३ बर्षीय ममता लामा, सुनसरी ईटहरी नगरपालिका १० बस्ने २१ बर्षीय बिनिता राई, धरान उपमहानगरपालिका–१० बस्ने २० वर्षीय सुवर्ण राई, चितवन भरतपुर महानगरपालिका–११ बस्ने २१ बर्षीय आशु दराई, ईलाम माई नगरपालिका ८ बस्ने २६ बर्षीय मन्जिला शेर्पा रहेका छन् ।

गएराति टिसिएन क्षेत्रमा रोडमै खुलेआम अनैतिक क्रियाकलाका लागि मोलमोको क्रममा हो–हल्ला भएपछि त्यहाँका स्थानीयले प्रहरी बोलाएर घट्नाबारे जानकारी गराएका थिए । प्रहरी नायव उपरीक्षक कार्की गेष्ट हाउसमा हो–हल्ला गरेर लफडा गरेको भन्दै उजुरी परेपछि सञ्चालक श्रेष्ठ र ७ जना युवतीहरुलाई नियन्त्रणमा लिएको बताउँछन् ।

गएराति पौने १२ बजे उक्त होटलमा प्रहरीले छापा मारेको थियो । सो समयमा ९ जनालाई नियन्त्रणमा लिएपनि दुई जना पुरुषको नाम गोप्य नै राखेको प्रहरीमाथि आरोप छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।