प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौंडामा नेपाल प्रहरी श्रीमती संघद्वारा बृक्षारोपण

२०७९ भाद्र ३, शुक्रबार ०६:२० बजे

हेटौंडा – नेपाल प्रहरी श्रीमती संघको ३८ औं वार्षिक उत्सवको अवसरमा बृक्षारोपण गरिएको छ । वार्षिक उत्सवको बिभिन्न कार्यक्रमहरु संचालन गरी मनाउने क्रममा आज बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा बृक्षारोपण गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र बागमती प्रदेश प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । बागमती प्रदेश प्रहरी श्रीमती संघकी सदस्य दिपा गौतम, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, बागमती प्रदेश प्रहरी प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत ५० जना सकल दर्जाका प्रहरी कर्मचारीहरुले बृक्षारोपण गरेका थिए । स्वामी, रिठ्ठा, तेजपता, अम्बा, धुपी, बयर, कपुर, बेलपत्र, निम लगायतका प्रजातीका १५० वटा विरुवा रोपिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।