प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

द ठकुरी ब्रदर्श शुभारम्भ मामाघरमा, खुद नाफाको ५ प्रतिशत समाजसेवामा

२०८१ पौष १, सोमबार ०९:१६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित मृगस्थली मार्गमा द ठकुरी ब्रदर्श सञ्चालनमा आएको छ । ठकुरी ब्रदर्श खेलकुद तथा स्टेशनरी सामान थोक तथा खुद्रा बिक्री गर्ने उद्देश्य सहित बिहीबारबाट सञ्चालनमा आएको हो ।

ब्रर्दशले आफ्नो पसल शुभारम्भको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नं.११ स्थित रहेको मामाघर नेपालका भान्जाहरुलाई खेलकुद तथा स्टेशनरी सामाग्री सहयोग गरेको छ । साथै बिहान एक छाक खाना समेत खुवाएको छ ।

मामा घर नेपालमा आश्रित सबै भान्जाहरुलाई एक–एक सेट खेलकुद तथा स्टेशनरी सामान वितरण गरिएको द ठकुरी ब्रदर्शका सञ्चालक अभिनास मल्ल ठकुरीले जानकारी दिए ।

उनले सडक वालवालिकाहरुलाई आश्रय दिने हेटौंडाको मामाघरमा आएर आफ्नो व्यवसाय शुभारम्भ गर्न खुशी लागेको बताए । उनले यस व्यवसायको खुद नाफाको ५ प्रतिशत रकम समाज सेवाको लागि खर्च गर्ने घोषणा समेत गरे ।