हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ९ का वडाध्यक्ष भुवन सिं घलानविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
गत शुक्रबार कैलाश–९ को कालिका माविकी १४ वर्षीया छात्राले वडाध्यक्ष घलानविरुद्ध बाल यौन दुर्व्यवहार गरेको किटानी जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीको आधारमा जिल्ला अदालत मकवानपुरले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनले आरोपितलाई खोजी रहेको र फेला पार्ना साथ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने बताए ।
यहि असार १८ र १९ गते हेटौंडामा भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन आउँदा वडाध्यक्ष घलानले राती कोठामा पसेर यौन दुर्व्यवहारको गरेको आरोप छ ।
यसअघि नेपाली कांग्रेस कैलाश गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत वडाअध्यक्ष घलान निर्दोष रहेको तथा घटनालाई राजनीतिकरण गरी फसाउने षड्यन्त्र भइरहेको जनाएको छ ।