हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ सरस्वती पाखा टोलमा बिद्युत सर्ट भएर एक घरमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ स्थानीय रोशनी थिङको ब्लक र जस्ताको छानो भएको एक तले कच्चि घरमा आगलागी भएको हो ।
आगलागी भएपछि स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर भित्र रहेको अन्नपात, कपडा, फर्निचरहरु जलेर नष्ट भएको भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।