प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध, पहिरो पन्छाउन भोलीसम्म लाग्ने

२०८१ असार २९, शुक्रबार १८:५० बजे

हेटौंडा – हेटौंडा–काठमाडौं छोटो मार्ग अन्तर्गत कुलेखानी–मार्खु सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.१ सिमलाङस्थित दुई स्थान पहिरो खस्दा कुलेखानी–मार्खु सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार अबिरल बर्षाको कारण आज दिउँसो ३ बजेको समयमा सडकमा पहिरो खसेको थियो । पहिलो पन्छाउन समय लाग्ने भएको भोलीबाट मात्रैदपूर्ण रुपमा सडक सञ्चालन हुने प्रहरीले जनाएको छ ।