प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

हेटौंडाबाट लागुऔषध सहित चार जना पक्राउ

२०७९ श्रावण १६, सोमबार ११:०१ बजे

हेटौंडा – मकवानपुरमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ बस्ने ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ बस्ने ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ बस्ने २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ, र हेटौंडा–१२ घर भई हाल वडा नं.११ मा बस्ने २५ वर्षीया ईशा घलान रहेका छन् । 

बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं.४ चिल्ड्रेनपार्क स्थित चौतारी होटलबाट एक सय एमएलको ओनिरेक्स १३ बोत्तलसहित उनीहरुलाई पक्राउ गरेको हो ।  चारै जनालाई लागुऔषध ओनिरेक्ससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।