प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारी दुर्घटना

२०८० माघ १४, आईतबार ०९:२३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपहानगरपालिका वडा नं.५ पिप्लेमा शनिबार सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । कान्तिलोकप सडक अन्तर्गत चौघडातर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३–००१ प ०००६ नम्बरको मोटरसाइकलबाट पैदलयात्री घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय ३० बर्षीय उज्वल ढुंगेल रहेका छन् । उनको अर्थोपेटिक अस्पताल जोरपाटी काठमाडौंमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।