हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको नगरप्रमुख मीनाकुमारी लामाको कार्यकक्षमा प्रहरखबरका संवाददाता संजिव सुनारमाथि दुुब्र्यवहार भएको छ ।
वडा ५ संयुक्त युवा क्लबका संयोजक विशालराज महतको टोलीले बिहिबार नगरप्रमुख लामालाई ज्ञापनपत्र बुझाउने क्रममा युवाहरुकै बोलावटमा हेटौंडा उपमहानगरपालिकाको कार्यालय पुगेका पत्रकार सुनारमाथि नगरप्रमुखको कार्यकक्षमा सचिवालयका ब्यक्तिबाट दुुब्र्यवहार भएको हो ।
मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित ‘स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता चौथों सस्करण २०७९’ सञ्चालनमा भएको लाखौं अदृश्य खर्च भएको देखिएपछि सत्यतथ्य छानविनको माग गर्दै उक्त टोलीले ध्यानार्कषण पत्र बुझाएका थिए ।
पत्रकार सुनारले ज्ञापनपत्रको बारेमा समाचार लेख्नका लागि भिडियो खिचेका थिए । उक्त ध्यानार्कषण पत्र बुझ्दै गरेको भिडियो कसको आदेशले, किन भिडियो बनाएको भन्दै नगरप्रमुख लामाको कार्यकक्षमा स्वकीय सचिव रुपा बिडारी लगायत टोलीले दुब्र्यवहार गरेको हो ।
भिडियो डिलिट गर्नका लागि दवाबमूलक आदेश दिइएको भएपनि आफूले नमानेको पत्रकार सुनारले बताए । संचारकर्मीमाथि मेयरको सचिवालयबाट नै दुुब्र्यवहार भएको देखेर ज्ञापनपत्र बुझाउन पुगेका युवाहरु पनि अचम्ममा परेका छन् ।
‘उक्त खेल सम्पन्न गर्दा आयोजक द्वारा प्रस्तुत गरिएको खर्च प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त खेलमा देखाइएको खर्च रकम अस्वभाविक रहेको देखिन्छ । हामिलाई आशङ्का छ । सरकार द्वारा बिनियोजित रकमको दुरुपयोग भएको छ,’ पत्र मार्फत ध्यानार्कषण गराएका छन् ।
‘आमजनताको करको रकमद्वारा नै राज्यको बजेट तर्जुमा हुने हो । त्यस अर्थमा प्रतेक नागरिकको रकम द्वारा संचालन भएको उक्त खेलमा आर्थिक हिनामिना भएको बुझिदा प्रत्येक नागरिकले त्यसको हिसाबकिताबको पारदर्शिताको माग गर्नु नागरिक दायित्व र अधिकार पनि हो । उक्त दायित्व र अधिकारको बोध गर्दै जिल्ला फुटबल संघद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदन सहित उचित छानबिनको माग गर्दछौ,’ पत्रमार्फत माग गरेका छन् ।
ज्ञापनपत्र बुझाउन गएका महतले सार्वजनिक चासोको विषयमा समाचार संकलन गर्न गएको पत्रकारमाथि भएको दुब्यर्वहार हुनु दुःखद भएको बताए । ‘पत्रकारलाई फोटो, भिडियो डिलिट गर भन्न मिल्दैन, प्रेस स्वतन्त्रताको विरुद्धमा हुन्छ, ध्यानर्कषण पत्र के विषयमा बुझाएको जनताले थाहा पाउनुपर्छ,’ महतले भने ।
लाखौं अदृश्य खर्च भएको सम्बन्धी समाचार हेर्नुहोस्
स्थानीय तह सहिद स्मृती गोल्डकपमा लाखौँ अदृश्य खर्च, हिसाब नमिले के–के गर्नुपर्छ ?
यस्तो छ ध्यानार्कषण पत्र
