मकवानपुरगढी – बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले कृषि उत्पादकत्व बढाउन सबै नागरिक कृषिमा जोडिन आवश्यक रहेको बताएका छन् ।
२१ औं राष्ट्रिय धान दिवस(असार१५) को अवसरमा राष्ट्रिय युवा संघ मकवानपुरगढी पालिकाले आयोजना गरेको धान रोपाईमा मन्त्री श्रेष्ठले सबै खेतीयोग्य जमिनमा धान रोपेर जिल्लालाई धानमा आत्मनिर्भर बनाउने गरि लाग्न आग्रह गरे ।
खानेपानी उर्जा तथा सिंचाइ मन्त्री श्रेष्ठले आफुले आगामी बर्षलाई सिंचाइ वर्षको रुपमा अभियान सहित हरेक कृषियोग्य जमिनमा सिंचाइको सुविधा पुर्याउने गरि बजेट विनियोजन गरेको बताए ।
कृषि उत्पादन वृद्धिको लागि बागमती प्रदेश सरकार हरदम सकारात्मक रहेको बताउदै युवाहरुलाई पनि कृषिमा जोडिन आग्रह गरे। यस्तै युवा संघ मकवानपुरका संयोजक राजेश नगरकोटीले पछिल्लो समय युवाहरु कृषिमा आकर्षित हुँदै गएको बताए।
युवा संघ मकवानपुरगढी कमिटीका अध्यक्ष विष्णु सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य केदार न्यौपाने, प्रदेश कमिटी सदस्य बद्री लम्साल, पद्मा पौडेल, कमल बिष्ट, बलराम बल, भोजराज ढकाल, जिल्ला अध्यक्ष श्रीधर
पोखरेल, उपाध्यक्ष हिदम लामा,सचीव सीता बिष्ट, उपसचिव आरती पाठक, जिल्ला सदस्य शिवहरी दाहाल, मिलन पाठक लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सबैले मकवानपुरगढी ६ स्थित डुम्रेकुनामा धान रोपाई गरेका थिए।