प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए एक दम्पती

२०८१ श्रावण ९, बुधबार २०:०५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ भैरवरोड नजिक लटिनाथ चिसापानी भन्ने स्थानमा एक दम्पती (श्रीमान–श्रीमती) रहस्यमय अवस्थामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बर्ष ६२ को केशब भण्डारी र उनको श्रीमती बर्ष ५६ की अम्बिका भण्डारी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डीएसपी लक्ष्मी भण्डारी अनुसार आफ्नै घरको कोठाभित्र श्रीमान पंखा झुण्डाउने फलामको हुकमा नाईलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा र श्रीमती धारिलो हतियारको प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका हुन् । महिलाको घाटीमा गहिरो चोट देखिएको उनको भनाइ छ ।

प्रत्यक्षदर्शीहरुले यसघटना रहस्यमय रहेको बताएका छन् । पोष्टमार्टमपछि मात्रै हत्या वा आत्महत्या के हो रु सो बारे पत्ता लाग्ने प्रहरीको भनाई छ । घटना सम्बन्धको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा र हेटौडा अस्पतालबाट डाक्टर सहितको टोली खटीएको बताईएको छ ।