हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.२ शिखरकटेरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका वडा नं।७ फापरबारी बस्ने ४५ बर्षीय पुर्ण बहादुर डिम्डुङ र छाडी सवार उदयपुर निम्चुङबुङ गाउँपालिका–४ बलमता बस्ने ४० बर्षीय जयराम राई रहेका छन् ।
कान्तिलोकपथ सडक अन्तर्गत हेटौंडा तर्फबाट काठमाडौं तर्फ जादै गरेको बा.प्र.०२–०१८ प ४९९१ नम्बरको मोटरसाइकल आईतबार दुर्घटना हुँदा डिम्डुङ र राई घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । डिम्डुङ,दाहिने खुट्टामा फ्याक्चर र अनुहारमा सामान्य चोट लागेको छ भने राईको निधारमा गहिरो चोट र दाहिने हातको पातामा चोट लागेको छ ।
प्रहरीका अनुसार घटनास्थलमा प्रहरीको टोली पुग्नु भन्दा अगाडी नै घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडास्थित सहकारी अस्पताल पठाईसकेको थियो । मोटरसाइकल ट्याक्टरसंग ठोक्किएर भएको प्रहरीले जनाएको छ । परीक्षण गर्दा घाइते दुबै जनाले मादक पदार्थ सेवन गरेको पाईएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।