प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा राहदानी लिनेको सङ्ख्या वृद्धि

२०७९ श्रावण २६, बिहीबार १०:५३ बजे

हेटौँडा – मकवानपुरमा राहदानी बनाउँने र लिनेको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा राहदानी बनाउँनेको सङ्ख्यामा बृद्धि भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार गत आ.व.मा ६ हजार ९४७ जना व्यक्तिले राहदानी बनाएका छन् । जसमा ६ हजार ५३२ वटा राहदानी विरतण गरिएको छ भने ४१५ वटा वितरण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको छ ।

कार्यालयले अघिल्लो आ.व.मा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरेकोमा दुई हजार ९५१ द्रुत सिफारिसमा गरेको थियो । कार्यलयले अघिल्लो आ.व.मा बनेका तीन हजार ५२४ राहदानी वितरण गरेको थियो भने ८५० वितरण हुन बाँकी थियो ।