हेटौँडा – नेकपा एमाले मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेद्वार एकालाल श्रेष्ठले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । बिहिबार हेटौँडामा एक कार्यक्रम आयोजना गरि एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
श्रेष्ठको घोषणापत्रमा सडक, खानेपानी, विद्युतीकरण, पुल पुलेसा, बस्ती संरक्षण, शिक्षा स्वास्थ्य तथा खेलकुदका विषयमा उच्च प्राथमिकतामा राखिएको छ । हेटौँडाका सडकहरुलाई फराकिलो तथा ब्यवस्थित बनाईने, सबै बस्तीलाई सडक सञ्जालसँग जोडने, बैकल्पिक चक्रपथ निर्माण देखि हेटौँडामा विमानस्थल बनाउन पहल गरिने समेत घोषणापत्रमा उल्लेख छ ।
घोषणा पत्रमा हेटौँडाको पिप्ले रंगशालालाई प्रादेशिक रंगशालाको रुपमा अघि बढाईने विषय रहेको छ । हेटौँडालाई शिक्षाको हबको रुपमा विकास गरिने, हेटौँडामा प्रदेश विश्वविद्यालय स्थापना गरिने, हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशको गौरबको रुपमा विकसिन गरिने लगाएतका विषय रहेका छन् ।
कार्यक्रममा एमाले नेता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमाले नेता रघुनाथ खुलाल, राप्रपा नेपालका मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।