प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरका घलान र मोक्तान प्रहरीको फन्दामा

२०७९ फाल्गुन १४, आईतबार १२:४२ बजे

हेटौंडा – मकवानपुरको राक्सीराङ गाउँपालिका–८, गोठडाँडाबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय ठाकुराम मोक्तान र २५ वर्षीय प्रेम घलान रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको २५ जनाको टोलीले उनिहरुलाई लागुऔषध गाँजा ३ सय ४५ किलो ४०० ग्राम सहित पक्राउ गरेको हो । घलान र मोक्तानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।