हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित गोरक्षश्वरमा रहेको सस्कृत वेद विद्याल परिसरमा सरसफाई गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मकवानपुरको बेथिती अनियमितता तथा गुनासो सुनुवाई समितिको आयोजना शनिबार बिहान सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली, नगर कमिटी सभापति ध्रुब बिष्ट, संगठन बिभाग प्रमुख विशालराज महत, अनियमितता तथा गुनासो सुनुवाई समितिका संयोजक दामोदर दाहाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
सस्कृत वेद विद्याल परिसरमा बिहान ७ बजेदखि ९ बजेसम्म सरसफाई गरिएको थियो । सरसफाई पश्चात विद्यालयलाई भरिएको ग्यास सिलिण्डर एक थान, तेल लगायतका भान्साको सामाग्री सहगोग गरिएको संगठन बिभाग प्रमुख महतले बताए । संस्कृत वेद विद्यालयको स्थापना विंसं २०५६ सालमा भएको थियो । विद्यालयमा २७ जना विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् ।