हेटौंडा – गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताले मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरेलाई युद्ध पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने बताएका छन् । उनले आज उक्त क्षेत्र अबलोकनको क्रममा यस्तो बताएका हुन् ।
सभामुख धिताले उक्त क्षेत्रस्थित युद्ध समृती पार्कमा रहेको गोली लागेको रुख, प्वाल भएको धारा, सोही समय र स्थानमा जन्मेका युद्धबिर भ्लोनको घर लगाएतको संरचनालाई संरक्षण र प्रबर्दन गरेर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । उनले सो क्षेत्रका स्थानियहरुसंग कुराकानी गर्दै पार्कलाई विकास गर्न सके स्थानियको जिवनयापनमा पनि सहयोग मिल्ने बताए । यसको साथै गाउँपालिका अध्यक्ष सर्केश घलानलाई तत्काल पार्कको प्रबद्र्धनमा लाग्न सकेत निर्देशन दिए ।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाले उक्त पार्कलाई पर्यटन प्रबद्र्धनमा प्रयोग गर्दै तत्कालिन युद्धको बिषयमा बुझ्न आउने पर्यटकलाई सहज आकर्षित बनाउने संरचनाको लागि योजना बनाएको भएपनि हाल उक्त जग्गा प्राप्तीको लागि कानुनि प्रक्रिया भने पुरा गर्न बाँकी नै रहेको जानकारी दिए ।