प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का

२०७९ पौष २५, सोमबार ११:३७ बजे

हेटौंडा – चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का सर्वसम्वत चयन भएका छन् । सोमबार हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको छ ।

संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा, सहसचिवमा दिपेश दाहाल, सदस्यमा मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल चयन चयन भएका छन् ।