प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मेयर महतद्वारा तेक्वान्दो कर्वडहल उद्घाटन

२०७८ चैत्र १४, सोमबार १४:१९ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–४ कर्रामा तेक्वान्दो कर्वडहलको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले तेक्वान्दो कर्वडहलको उद्घाटन गरेका हुन् ।

तेक्वान्दो कर्वडहलको उद्घाटन गर्दै मेयर महतले खेलकुदका संरचना निर्माण गर्नका लागि पाँच वर्षमा धेरै काम गरिएको बताए । तेक्वान्दो कर्वडहलका लागि उपमहानगरपालिकालेनै जग्गा समेत उपलब्ध गराएर भवन निर्माणका पूर्ण सहयोग गरेको मेयर महतले बताए ।

मकवानपुर सहित देशभरीका तेक्वान्दो खेलाडीहरुका लागि यो संरचनाले खेलक्षेत्र अगाडी बढाउन सहज हुने बताए । तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बर्जाचार्यले यस भवन निर्माण गर्नका लागि उपमहानगरपालिकाले गरेको सहयोगको चर्चा गरे ।

कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, नगरखेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, बिभीन्न क्षेत्रका खेलकुद क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।