प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा १५ बाट एक जना पक्राउ

२०८० माघ १५, सोमबार ०८:३५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकप्वाईन्टबाट आइतबार लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा करजनहा नगरपालिका वडा नं.८ बस्ने ४२ बर्षीय राम सागर राउत रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट धरान जाँदै गरेको को.१.ख ७९१४ नम्बरको बसलाई चेक गर्दा सवार राउतको साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।