हेटौंडा – मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले करारमा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकासन गर्दै विभिन्न पदका २० जना कर्मचारी माग गरेको हो ।
प्रतिष्ठानले नबौ तहका ६ र एघारौ तहका १४ गरी २० जना कर्मचारी माग गरिएको हो । प्रतिष्ठानको प्राज्ञिक सेवातर्फ आवश्यक करार सेवाका लागि योग्यता पुगेकाहरुले १५ दिन भित्र दरखास्त पेश गर्न प्रकाशित सूचनामा उल्लेख गरेको छ ।
भर्ना गरिएका कर्मचारीको करार अवधि २०८० असार मसान्तसम्म रहने र कार्य सम्पादन मूल्याङ्ककनको आधारमा सेवा अवधि थप गर्न सकिने प्रकाशित सुचनामार्फत जानकारी दिएको छ ।
प्रकाशित सूचना
