प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एमाले मकवानपुरगढीको नवनिर्वाचित कमिटीले लिए सपथ

२०८१ असार १६, शनिबार १९:५० बजे

हेटौंडा – नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाको नवनिर्वाचित कमिटीले आज सपथ लिएका छन् । शनिबार मकवानपुरगढी-६ मा कार्यक्रमको आयोजना गरि नवनिर्वाचित अध्यक्ष लगाएत लेखा संयोजक तथा पदाधिकारी र सदस्यहरुलाई सपथ खुवाईएको हो ।

नवनिर्वाचित अध्यक्ष जीत बहादुर घिमिरे र लेखा समिति संयोजक प्रकाश अधिकारीलाई जिफण्ट प्रदेश कमिटीका उपाध्यक्ष तथा निर्वाचन अधिकृत अर्जुन अर्यालले पद तथा गोपनियताको सपथ खुवाएका थिए । भने पालिकाका पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष घिमिरेले सपथ खुवाए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, निवर्तमान अध्यक्ष एवं बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले नवनिर्वाचित कमिटीलाई अबिर र खादा लगाएर बधाई दिदै पार्टीको अभियानमा लाग्न निर्देशन दिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्यहरु बद्री लम्साल, पद्मा पौडेल, कमल बिष्ट, बलराम बल, भोजराज ढकाल, जिल्ला कमिटी उपाध्यक्ष हिदम लामा, सचीव सीता बिष्ट, सदस्यहरु बिदुर हुमागाई, शिवहरी दाहाल, मिलन पाठक लगाएतको उपस्तिथि रहेको थियो ।