हेटौंडा – मकवानपुरको थाहा नगरपालिका–३ स्थित छहराबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–६, भण्डारा घर भएका अन्दाजी ४६ वर्षीय हरिशरण बर्तौलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार छहराबाट लडेका बर्तौला झाक्रीखोरिया खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।