हेटौंडा – प्रहरीले हेटौंडाका दुई युवालाई लागुऔषध सहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१४ गण्डकचोकबाट नियन्त्रित लागूऔषध ४ सय ४९ बोतल विनिसिरेक्स कफ सेरूप सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार सेङताङ रहेका छन् । ना.५ ख ३९९० नम्बरको बस चाँच गर्ने क्रममा बसका चालक उमेश र सहचालक राज कुमारलाई उक्त लागूऔषध सहित फेला पारिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।